Madhes Khabar
समाचार

राष्ट्रिय बाल दिवस अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगीतामा गौतम माविका चौधरी प्रथम

वीरगन्ज,३०भदौंः ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा वीरगन्जमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामक संस्थाको आयोजनामा “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

बीरगन्ज पब्लिक कलेजको सभाकक्षमा आयोजना गरिएको प्रतियोगितामा गौतम माविका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय र माइस्थान बिद्यापीठ माविकी रुपा गिरी तृतिय भएका छन् । प्रतियोगितामा ११ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलीमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने र लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफ थिए ।फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, डाक्टर सुष्मा तिवारी , इक्बाल हैदर, दिपेश वरर्णवाल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

बरिष्ठ सई सागर राणा ‘पुलिस अफ द मन्थ’ घोषित

MadhesKhabar

वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा 

MadhesKhabar

पर्सामा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु रास्वपामा प्रवेश

MadhesKhabar

Leave a Comment