Madhes Khabar
समाचार

बरिष्ठ सई सागर राणा ‘पुलिस अफ द मन्थ’ घोषित

वीरगन्ज,३२असारःजिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी बरिष्ठ नायब निरीक्षक सागर सम्शेर राणलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषााको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत राणाले उत्कृष्ट कार्य सम्पादन गर्दै प्रहरी संगठनकोे छवि उच्च राख्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै पुरस्कृत गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

रेग्मीका अनुसार,गत वर्ष चैत १७ गते धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा आफ्नै पत्नि अञ्जली यादवको गरेर शव आफ्नै घरमै शव गाडेका हरिराम यादवलाई पक्राउ गर्न राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।यस्तै राणाले यहि असार १८ गते जनकपुर उपमहानरपालिका –१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई पक्राउ गरेका थिए ।

राणाको उच्च व्यावसायिक कुशलता र जिम्मेवारीप्रतिको लगनका साथै प्रहरी संगठनको छवि उज्ज्वल बनाउन र आम जनमानसमा प्रहरीप्रतिको विश्वास बढाउन उनले महत्वपूर्ण योगदान पु¥याए बापत असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।अपराध अनुसन्न्धानमा राम्रो दखल राख्ने राणा यसअघि पनि उत्कृष्ट प्रहरी कर्मचारीका रुपमा पुरस्कृत भइसकेका छन् ।

Related posts

वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

MadhesKhabar

वीरगन्जको तनावबारे गृहमन्त्रीले भने : समाजमा हिंसा भड्किन नदिन सबै लागौं

MadhesKhabar

वीरगन्जमा तस्करीको ११३ वटा कछुवा सहित टेमानी पक्राउ

MadhesKhabar

Leave a Comment