Madhes Khabar
समाचार हेडलाइन

पर्साको पोखरिया मालपोत कार्यालयबाट तीन जना बिचौलीया पक्राउ

वीरगन्ज,२०चैत : पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाएको छैन ।

मालपोत कार्यालयमा अनावश्यक रुपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न असम्बन्धित तीन जना व्याक्तिलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गुनासो आएपछि तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिइएका तीनै जनालाई ईलाका प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । पौडेलले भने, उनिहरुले आँफु लेखापढी व्यवसायी भएको दाबी गरेका छन् । त्यसबारेमा हामीले छानबिन गरिरहेका छौं ।

Related posts

नुनथथरमा बाग्मति नदिले बगाएका दुइ भारतीय युवकको शव भेटियो

MadhesKhabar

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने

MadhesKhabar

गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

MadhesKhabar

Leave a Comment