Madhes Khabar
समाचार

गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

जिप्रका बारा।

काठमाडौं,८भदाैं: बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न आराेपी किशोरको बयानको भिडियो खिचेर सार्वजनिक (लिक) गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेको स्रोतले बताएको छ ।

आराेपित किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।

प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।

त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कसुरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जमा खेलाडीहरुले दीप प्रज्वलन गरी सिमराकी स्व. गरिमालाई अर्पण गरे श्रद्धाञ्जली

MadhesKhabar

ठोरीमा भालुको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

MadhesKhabar

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

MadhesKhabar

Leave a Comment