
मधेसखबर
वीरगन्ज,११साउन : पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ मा भालुको आक्रमणमा परि एक जना गम्भीर घाइते भएका छ्न्।
बुधबार बिहान ९ बजे जंगलको छेउको आफ्नै खेतमा पानी लगाइरहेको अवस्थामा जंगलबाट आएको भालुले आक्रमण गर्दा ठोरी गाउँ पालिका वडा नम्बर ३ निवासी ६० वर्षीय दल बहादुर श्रेष्ठ घाइते भएका हुन्।
भालु ले आक्रमण गर्दा श्रेष्ठको देब्रे हातमा,देब्रे गोडामा र पाखुरामा गम्भीर चोट लागेको छ। घाइते श्रेष्ठको वीरगन्जको नारायणी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा लगेर भर्ना गरिएको छ।
खेतमा पानी लागाइरहेको बेलामा एक्कासी भालु आएर आक्रमण गर्न थालेपछि केही बेर सम्म श्रेष्ठ र भालुको कुस्ताकुस्ती समेत परी त्यस ठाउँबाट श्रेष्ठ भाग्न सफल भएका थिए ।

