Madhes Khabar
समाचार

आठ महिनामा विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको बक्यौता करिब ४ अर्ब

वीरगन्ज,५बैशाखःवीरगन्जमा रहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको पछिल्लो आठ महीनामा विद्युत् महशुल बक्यौता करीब चार अर्ब रुपैयाँ पुगेको छ । नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रको चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महीनामा ३ अर्ब ९० करोड १६ लाख ९३ हजार रुपैयाँ महशुल बापत बक्यौता रहेको लेखापाल सरोज घिमिरेले जानकारी दिए ।

पछिल्लो ८ महिनामा सबैभन्दा बढी पर्सा–बारा औद्योगिक क्षेत्रमा दुई अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बक्यौता रहेको घिमिरेले बताए । यसैगरी, विभिन्न पालिकाका सडकबत्तीबापत २४ करोड २५ लाख, व्यापारिक पसलहरूबाट ५ करोड ५७ लाख, होटलहरूबाट २ करोड १७ लाख ७२ हजार, शहर तथा ग्रामीण क्षेत्रमा ३० एम्पियरसम्मको विद्युत् उपभोक्ताहरुबाट ५६ करोड ३६ लाख रुपैयाँ बक्यौता रहेको लेखापाल घिमिरेले बताए ।

यसैगरी, सरकारी कार्यालयहरूको २६ करोड ९२ लाख, सिंचाइ (कृषि) मिटरबापत १५ लाख ४ हजार, सिनेमा हलहरुको १२ लाख ४३ हजार, खानेपानी संस्थानको १३ लाख ९३ हजार, यातायात कार्यालयको ११ लाख ८० हजार, धार्मिक मठमन्दिर, मस्जिदहरुको १४ लाख ६५ हजार रुपैयाँ विद्युत् महशुल बक्यौता रहेको उनले बताए ।

विद्युत महशुलको बक्यौता असुली गर्ने काम भइरहेको वीरगन्जवितरण केन्द्रका प्रमुख अवधेश दुबेले बताए् ।

Related posts

पर्सामा एक महिनामा समातिए ४७ फरार कैदीबन्दी

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती

MadhesKhabar

घुमुवा प्रहरी परिचालन नगर्न निर्देशन

MadhesKhabar

Leave a Comment