Madhes Khabar
समाचार

पर्सामा एक महिनामा समातिए ४७ फरार कैदीबन्दी

वीरगन्ज,५ चैतःजिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई फागुनमा पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत एक महिनामा ती प्रतिवादी समातिएका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले विभिन्न मुद्दामा अदालतबाट तोकिएको कुल १२ वर्ष ३ महिना कैद भुक्तान गर्न बाँकी छ। साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।

प्रहरीले पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना असुलीका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीे जनाएको छ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिरहेको बताए । ‘हामी यो अभियानलाई प्राथमिकतामा राखेर निरन्तरता दिई रहेका छौं,’ उनले भने, ‘फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई अझ प्रभावकारी बनाउछौं ।’ साभारःइकान्तिपुर

 

Related posts

नेपाल प्रहरीकाे इन्सपेक्टर र असईमा भर्ना खुल्याे

MadhesKhabar

आज दिनभरीमा मतपत्र छपाई सम्पन्न हुने

MadhesKhabar

वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment