Madhes Khabar
समाचार

बिहारको घोडासहनका शेख ५० किलो अवैध चाँदीसहित ललितपुरबाट पक्राउ

काठमाडौं,३०असोजःललितपुरबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई ५० किलो ७४ ग्राम अवैध चाँदीसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्वी चम्पारण जिल्लाको घोडासहन घर भएका ३१ वर्षीय अभिषेख शेख रहेका छन् ।
ललितपुर महागनरपालिका वडा नम्बर १६ धौगलबाट बिहीबार दिउँसो शेखलाई पक्राउ गरिएको रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।

भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेका शेख पक्राउ परेका हुन् । उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको थापाले जानकारी दिए।

Related posts

पाेके तस्करहरुले ल्याएकाे ८ लाख भन्दा बढीकाे कपडा विरगन्जमा बरामद

MadhesKhabar

विकासको मार्गमा सरकार जनतासंग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको शोभा यात्रामा भएको आक्रमणका दाेषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई बुझाइयाे ज्ञापन

MadhesKhabar

Leave a Comment