Madhes Khabar
समाचार

वीरगन्जको शोभा यात्रामा भएको आक्रमणका दाेषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई बुझाइयाे ज्ञापन

काठमाडौं,२बैशाख:वीरगन्जमा हिन्दु धर्मावलम्बीहरूको शाेभायात्रामा आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै राष्ट्रिय समता पार्टी नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।पार्टीका अध्यक्ष विजय प्रकाश निषादसहितको टाेलीले मंगलबार गृहमन्त्री लेखकलाई भेटेर ज्ञापनपत्र बुझाएको हाे।

वीरगन्जमा गत शनिबार निकालिएको हनुमान जन्माेत्सवकाे शाेभायात्रा छपकैया पुग्दा छतबाट बिरगञ्ज–२० ढुंगामुढा गरेर आक्रमण गरिएको उक्त पार्टीले जनाएको छ।उक्त घटना “नितान्त खेदजनक र अक्षम्य अपराध” भएको भन्दै समता पार्टीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छहाे।

राष्ट्रिय समता पार्टीका अनुसार नेपालका ८४ प्रतिशत हिन्दू र ओमकार परिवार गरी ९४ प्रतिशत जनसंख्याले वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा विश्वास राख्ने भएकाले यस्तो घटनाले बहुसंख्यक समुदायको धार्मिक आस्थामाथि चोट पुर्‍याएको जनाएको छ।

 

“नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता दिएको छ, तर कानुनी राज्यमा हिंसात्मक गतिविधि गरेर धार्मिक पर्वमा विघ्न पुर्‍याउनु संविधान र धार्मिक सहिष्णुताको अपमान हो,” ज्ञापनपत्रमा भनिएको छ।

समता पार्टीले शोभा यात्राको दिन प्रयोग गरिएको ड्रोन फुटेज सार्वजनिक गर्न र पर्सा जिल्ला सुरक्षा समितिको रोहबरमा घटनाका दोषीहरूलाई तोकिएको समयभित्र कानुनी कारबाही गर्न आग्रहपनि गरेको छ। साथै हिन्दू समुदायको संयमताको दुरुपयोग गर्दै अपराधीहरूलाई उन्मुक्ति दिने प्रयास गरिए गम्भीर परिणाम आउन सक्ने चेतावनी समेत ज्ञापनपत्र मार्फत समता पार्टीले दिएको छ।

Related posts

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

अवैध रुपमा गिटट्ी बालुवा उत्खनन् गरेको आरोपमा ट्रेक्टर र टिपर नियन्त्रणमा

MadhesKhabar

मधेसखबरकी सम्पादक माधुरी महत्तो अर्थमन्त्री शर्माबाट सम्मानित

MadhesKhabar

Leave a Comment