
मधेसखबर
मंसिर १५ गते :
वीरगंजका क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफको प्रथम स्मृति सभा शुक्रबार सम्पन्न भएको छ ।
समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा स्वर्गिय सर्राफको पहिलो स्मृती सभाको आयोजना गरेको हो ।रेडियो वीरगंज परिसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न महानगरपालिकाले सदैव सहयोग गर्न तयार रहेको वताए ।नगर प्रमुख सिंहले बर्षमा एक दिन मात्र नभई दुई÷तीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्गिय सर्राफको नाम जिवन्त राख्न र उनले पुर्याएको योगदानको चर्चा गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रमका अथिती पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्व।नरेश सरार्फले पत्रकारीता मार्फत समाजप्रती निर्वाह गर्दै आएको भुमीका सदैव स्मरणीय र अनुकरणीय रहेको बताउँदै अन्य पत्रकारहरुले पनि स्व।सरार्फका जस्तै निश्पक्ष र निडर भई आफ्नो कर्मप्रती ईमान्दार हुन आग्रह समेत गरेका थिए ।

त्यस्तै युवा नेता एव् भुमी आयोग पर्साका अध्यक्ष तथा जनता समाजवादी पार्टिक पर्साका सचिव तवरेज अहमदले पत्रकारले आफ्नो पत्रकारीता धर्म र निश्पक्षताबाट कहिले विर्सिन नहुने भन्दै स्व।नरेश सरार्फ एक ईमान्दार र लगनशील पत्रकारको रुपमा सधै अमर रहने बताए ।
कार्यक्रममा आयोजकको तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न र उहाँको समझनामा विभिन्न कार्यक्रमको आयोजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने वताए ।
उनले सोही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीको अवसरमा स्मृति सभासहितको विभिन्न कार्यक्रम गर्नुको साथै स्वर्गिय नरेश सर्राफ पत्रकारिता पुरस्कार समेत विरतण गर्ने जानकारी गराए ।
राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा।विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गौतम, प्रेस चौतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

यसका साथै कार्यक्रमकै क्रममा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष चौधरीले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न गठन हुने प्रतिष्ठानलाई रु ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएको थियो । स्वर्गिय सर्राफको श्रीमती र एक छोरी छन् ।

