Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी आन्दोलनमा मारिएकी सोशीलाको परिवारलाई सखुवाप्रसौनी गाँउपालिकाले १ लाख रुपैयाँ दिने

वीरगन्ज,७असोजःपर्साको सखुवा प्रसौनी गाँउपालिकाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परी मृत्यु भएकी महिलाको परिवारलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ सखुइ जमुनिया गाँउकी ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

सखुवा प्रर्सानी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवले मृतक महिला हजराको परिवारलाई गाँउपालिकाले १ लाख रुर्पयाँ दिने निर्णय भएको जानकारी दिए। दुखद घडीमा मृतकका परिवारलाई सहयोग गर्न गाँउपालिकाले १ लाख रुपैयाँ दिने निर्णय गरिएको भन्दै उनले भने,हामी उनको परिवारको साथमा छौं। हजराको परिवार र बालबच्चाका पालनपोषणमा पनि चाहिने सहयोग गर्न सदैव तत्पर रहने छौं ।

अध्यक्ष यादवका अनुसार, मृतक सोशिलाको चार छोरी र एक छोरा छन् ।जसमध्ये दुई जना छोरीको विवाह भइसकेको छ ।उनका पति लालबाबु हजरा भने वैदेशिक रोजगारीबाट केही दिन अगाडि मात्रै घर फर्किएका थिए।

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको घरमा अराजक समुहले गरेको आगजनीमा जलेर हजरासंगै त्यसघरमा रहेका भारत बिहार राज्यको सुगौलीका १८वर्षीय विनय यादवपनि गम्भीर घाइते भएका थिए ।

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत हजाराको काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०ः २२ बजे उनको मृत्यु भएको हो ।

रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासंगै जलेर गम्भीर घाइते भएका भारतीय युवक यादव भने हाल कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन्। शरिरको ९० प्रतिशत भाग जलेर घाइते भएका उनको भने अहलिे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

Related posts

मानव सेवा आश्रमका लागि वीरगन्ज बजारमा तरकारी संकलन गर्दै स्वंयसेवकहरु (फोटो फिचर)

MadhesKhabar

पर्सामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

Leave a Comment