Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसमा मन्त्रीपरिषद विस्तार, पर्साका कलवार बने उर्जा मन्त्री

मधेसखबर
वीरगन्ज ,२०माघ : मधेस प्रदेशकाे मन्त्री परिषद् विस्तार भएकाे छ ।मुख्यमन्त्री सराेज यादवले शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका हुन् ।

जस अनुसार पर्सा क्षेत्र नम्बर ४ (ख) मा जसपाबाट निर्वाचित सिंहासन साह कलवार खानेपानी तथा उर्जा विकास मन्त्री बनेका छन् ।

यस्तै जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री, जसपाकी सुरिता कुमारी साह सामाजिक विकास तथा एमालेका सत्रुधन प्रसाद महतो कोईरी गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन् ।

एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यसैगरी शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्र भने सरकारमा सहभागी भएकाे छैन । माओवादीले दूई वटा मन्त्रालय मागेको थियो । मुख्यमन्त्री सरोज यादवले माओवादीका भरत प्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर माओवादी तयार नभएपछि सरकारमा उ सहभागी नभएकाे हाे।

Related posts

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

MadhesKhabar

त्रिशुलीमा बेपत्ता बाराका पटेल दम्पति फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

MadhesKhabar

वीरगन्ज -पथलैया औद्योगिक करिडोर घाेषणाकाे माग

MadhesKhabar

Leave a Comment