
माधुरी महतो
वीरगन्ज,१७माघःपर्सा जिल्लाका योनिक तथा अल्पसंख्यकहरु ,आफनै घरपरिवार र समाजले अहिलेसम्म आफ्नो अस्तित्व स्वीकार नगरेको कारण बाध्यकारी अवस्थामा यौनकर्म गर्नुपर्ने बाध्यतामा छन् ।वीरगन्जमा रहेको सहयात्री समाज स्थापना भएको १६ वर्ष अवधिमा योनिक तथा अल्पसंख्यक समुदायप्रति पहिलेको जस्तो हुने चरम दुव्र्यवहारमा केही कमी आएपनि पूर्णरूपमा सामाजिक भेदभाव, दुव्र्यवहारका घटना भने अहिलेसम्म समाप्त हुन सकेको छैन ।
बिवाहिता जितेन्द्र पटेल उर्फ अन्जली उमेरले ३५ वर्षकी भइन् ।आँफुले ९ वर्षको सानै उमेरदेखि यस्ता पेशामा संर्घष गर्दै आईरहेको दुखेसो उनि पोख्छीन् । वीरगन्जमा रहेको सहयात्री समाज स्थापना भएको १६ वर्ष भइसकेको छ । तर यौनिक तथा अल्पसंख्यक समुदायमा सामाजिक भेदभाव, दुव्र्यवहारका घटना पूर्ण रुपमा अझै हटन् सकेका छैनन् ।
विशेष गरी बिवाह, बिवाह हुनु अघि दुल्हा (बेहुला)को परछावन,कसैको घरमा नयाँ बच्चाको आगमनमा आर्शिवाद दिने र राजीतिक दलको चुनावी जितको खुसियाली जस्ता उत्सवमा नाचगान गरेर गुजारा चलाउदै आईरहेका छन् उनिहरु । त्यस्ता उत्सवमा जाँदापनि समाजले हेर्ने दृष्टिकोण र भेदभाव खेप्नु परिरहेको उनिहरु सुनाउँछन् ।
विहेबारीका लगन वा उत्सवको सिजन नहुदाँका बखत भने पेट पाल्नकै लागि यौनकर्ममा समेत लाग्नुपर्ने बाध्ध्यता आइलाग्ने गरेको उनिहरु बताउँछन् ।
जितेन्द्र पटेल मात्रै होइन यहाँ ममता महतोहरुको दुखेसो पनि उस्तै छ।उनि भन्छिन्,‘यो पेशामा जोखिम त छदैछ ,नाचगानमा लागेकाहरूलाई निरन्तर अबेर रातिसम्म नचाउने, आरामको माग गर्दा गाली गर्ने, अपशब्द प्रयोग गर्ने,कहिले काही बलात्कारका शिकार पनि हुने । ज्याला बराबरको रकम माग गर्दा कटौती गर्नुका साथै मार्ने धम्की दिने कार्य समेत हुने गरेको छ ।’
वीरगन्जकी ममता महतोले आफुहरु आफ्नो घर परिवारबाटै सब भन्दा पहिले पिडीत र अपहेलित हुने गरेको बताउँछिन् ।‘आफ्नै घर परिवारका सदस्यले आफ्नो नमानेपछि बाहिरका समाजका वा अन्य मानिसहरुसंग के अपेक्षा गर्ने ?।’उनि भन्छिन् ।
पर्सा लगायत अन्य जिल्ला तथा समग्र देशभित्र नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवस्था निकै नाजुक रहेको पाइएको छ ।समाजले उनीहरुलाई हेर्ने दृष्टिीकोणमा समेत परिवर्तन नआएको दुखेसो उनिहरुको छ ।
राज्यको ऐन कानुनमा उल्लेख गरिएको अधिकारहरुबाट समेत उनीहरु बञ्चित हुने गरेको सहायात्री समाजका कार्यक्रम संयोजक सुरज लिम्बुले बताए । समाजका हरेक तप्काका व्यक्तिहरुले तेस्रो लिङ्गीप्रति सहानुभुति प्रकट गर्ने गरेको भएपनि रोजगारीबाट बन्चित गर्ने गरिएको सहयात्री समाजका अनुगमन तथा मुल्यांकन प्रमुख जटाशंकर साह बताउँछन् । आर्थिक रुपमै भेदभाव,समाजबाट बहिस्कृत,अपहेलना,परिवारबाटै असहयोग भएपछि ती समुदायका मानिसहरुले कष्टकर जिवन बिताउन बाध्य हुने गरेको साहले बताए । घरबाट तिरस्कृत भई निकालिएका यौनिक तथा लैंगिक समुदायका मानिसलाई रोजगारी पाउनपनि मुश्किल हुने गरेको कारण असुरक्षित यौनजन्य कर्मममा लाग्ने गरेको साहले बताए ।
यता स्थानिय सरकारलाई समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसका लागि बिशेष कार्यक्रम तथा रोजगारका लागि सिपमुल्क योजनाहरु राख्न दवाव लगायतका कार्यहरु पनि सहयात्री समाजले गर्दै आएको छ । आर्थिक अभाव एवं जनचेतनाको कमिका कारण थुपै ती समुदायका मानिसहरु असुरक्षित यौनजन्य क्रियाकलापमा लाग्ने गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि अभियन्ताको रुपमा लागेका सुरज लिम्बुले बताए ।
यसरी बिगत भन्दा समाजको धारणमा केहि परिवर्तन आएको भएपनि त्यो सहानुभुति सम्म मात्र सिमित रहेको (नाम परिवर्तन)सिता तामागंको भनाई छ ।लैंगिकताको अधारमा समाजिक भेदभावको सिकारदेखि रोजगारीमा भेदभाव एवं नृत्य लगायतका कार्यमा सहभागी हुदा यौन हिंसाको समेत सिकार हुने गरेको अवस्था छ उनिहरुका लागि । त्यस्ता घटनालाई समाजले दवाउने गरेको तथा कानुनी उपचार पनि सहज रुपमा प्राप्त हुन सक्ने अवस्था नरहेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरु दुखेसो पोख्छन् ।
सर्लाहीकी रोशनी पंडीत (परिवर्तित नाम) काृ पिडा झन् दुखदायी छ ।आफ्नो यौनिकतालाई नबुझिदिँदा बाल्यकालको सपनालाई टुटाउनुपरेको तीतो अनुभव सम्झिन चाहिदिनन् उनी । यौनिकताकै कारण आफूले मात्र होइन, आफूजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरू यस्तो खालको विभेद भोग्नु परेको र अवसरबाट वञ्चित हुनु परेको उनी बताउँछिन् ।उनी भन्छिन् , “गाउँमा मात्र विभेद हुन्छ भन्ने कुरा गलत हो सहरमा पनि उस्तै व्यवहार गर्छन् ।जात र लैंगिक पहिचानका आधारमा विभेद गर्ने रहेछन् शहर गाँउ सबैतिर ।’
जब घरकै परिवारका सदस्यले बुझ्न सक्दैनन् भने अरुले बुझ्छन् भन्ने आश कमै लाग्छ उनिहरुलाई । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २५ जनामा एक सर्वेक्षण गरिएको थियो ।उक्त सर्वेक्षणमा ४४ प्रतिशतलाई पहिचानकै कारण घरपरिवारबाट निकालिएको अवस्था देखियो ।
कानुन अनुसार कुनै पनि व्यक्तिलाई लिंग वा जातीय आधारमा विभेद गर्न नहुने भनिएपनि यस्ता कुरा कानुनी किताबमा मात्र सीमित भएको यौनिक तथा लैंगिक अल्पसंखयक समुदायकी संगिता कुमारी बताउँछिन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लामो समयदेखि काम गर्दै आइरहेकी अन्जली कुमारी पनि आफुले परिवारबाटै विभेद सहेको र नेपालमा यो समुदायको अवस्था दयनीय रहेको बताउँछिन् ।
उनी भन्छिन्,‘हामी त यो पृथ्वीमा जन्मेरै पाप गरेको जस्तो लाग्छ । जब मानिसहरुले हामीसंग गर्ने दुव्र्यवहार सम्झिन्छु ।समाजले किन बुझ्दैन के कि हामी आँफै यस्तो भएको होईन ।तर अब हामीले यस्तै पहिचान पाएका छौँ भनेर हामीले आफुलाई स्वीकार गरीसकेपछि समाजलाई स्वीकार गर्न किन समस्या छ ?।’
अझैपनि आँफु्हरुलाई मानव समेत नबझ्भ्ने गरेको गुनासो उनिगर्छिन् । समाजबाट मानवता नै हराएको जस्तो महशुश हुने गरेको उनको दुखेसो छ । रोजगारीको क्षमता भएपनि जात र पहिचानका कारणले जागिरको अवसर नपाउने अवस्थामा रहेको उनी बताउँछिन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेर छुट्टै बजेट नछुट्याई अल्पसंख्यक भनेर थोरै बजेट राख्ने गरेको स्थानीय सरकारसंग के नै आश गर्न सकिन्छ भन्ने दुखेसो उनको छ ।
गाउँ र सहरबजारमा हुने विवाह समारोह, व्रतबन्ध, विवाह, पूजा,उत्सव,राजनीतीक सभासम्मेलन , निर्वाचनका बेला समेत तेस्रो लिङ्गीहरूको नाचाको माग हुने गर्छ । तर नृत्य गर्न गएका ती समुदायका मानिसहरुसंग दुव्र्यवहार भोग्नुपरेको तितो अनुभव प्राय नृत्य गर्न जाने सबै जसोको छ ।नाचेर जीविकोपार्जन गर्ने मनिषा , शिला जस्ता कैयौ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकाहरुसंग यस्तै तीतो अनुभव छ ।
बिहानदेखि रातभर जसो नाचेको पारिश्रमिक ठाउँअनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म तय हुने गरेको भएपनि काम सकेपछि पारीश्रमिकमा विभेद र दुव्यर्वहारको सिकार हुनुपरेको उनीहरुको गुनासो छ । तर उतm समुदायलाई उचित साथ सहयोग कोही काहीबाट पर्याप्त नभएकोले विभेद र दुव्र्यवहारको सामना गरिरहनुपरेको उनीहरू बताउँछन् ।
हाल वीरगन्जमा उतm समुदायको करीब ५ जनाले नाच्ने पेशा छोडेर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारको क्षेत्रमा काम गर्ने संस्थामा आवद्ध भई अधिकारका लागि आफूले सक्ने खालका काम गरिरहेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरूलाई नाच्ने क्रममा भएको गलत छुवाइ यौन दुव्र्यवहार हो । संहिताको दफा २२४ अनुसार कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन । दफा २२४ को उपदफा २ अनुसार कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा यौन दुव्र्यवहार गरेको मानिन्छ ।
भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमको बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारका शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा पनि यौन दुव्र्यवहार गरेको मानिन्छ कानुनमा । यस्ता यौन दुव्र्यवहार गर्नेलाई दफा २२४ को उपदफा ३ बमोजिम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था नै छ ।
तर दुव्र्यवहारमा पर्नेहरूले उजुरी नै क मगर्ने गरेको अञ्जली बताउँछिन् । उजुरी गरे फरि कामै नपाउने हो कि, ज्यान मार्ने धम्की आउने जस्ता कुराले गर्दा उजुरी दिन नखोज्ने र उजुरी दिएपनि एकैछिनमा मिलापत्र हुने गरेको देखिन्छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुले आफुहरु राज्यमा नागरीक नभएको जस्तो गरी बस्नुपरेको गुनासो गरेका छन् । उनीहरु नागरीकता लगायत रोजगारी , शिक्षा, स्वास्थ्य लगायत प्राय सबै क्षेत्रमा सर्वसाारण मात्रै नभई राज्यबाटै अपहेलना सहनुपरीरहेको बताउँछन् । अझ उनीहरु आफ्नो अधिकारका लागि संघर्षरत रहनुपरेको तथा राज्यले खासै चासो नलिएकोकारण अनैतिक गतीविधी समेत गरेर बाच्न बाध्य भएको उनीहरुको भनाई छ ।
आधिकारिक तथ्यांकमा नेपालमा फरक लैंगिक पहिचान भएका व्यक्तिहरूको संख्या २ हजार ९ सय २८ रहेकोमा घरपरिवार र समाजको डरले खुलेर आउन नसक्ने हुँदा ती समुदायको वास्तविक संख्या निकै धेरै छ । अञ्जली लगायत उनका साथीहरुले १५ वर्षअघि नै सहयात्री समाज संस्था खोलेर यो समुदायलाई सचेत र जागरुक बनाउने प्रयास गरे पनि वीरगन्जमा मात्रै ६० जनाजति लैंगिक अल्पसंख्यक व्यक्तिहरू यौन पेशामा अहिलेपनि लागिरहेको अनुमान छ ।
पर्सामा ६ सय जनाको हराहारीमा एचआईभी संक्रमित रहेकोमा तीमध्ये ५० जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका संक्रमित रहेको लिम्बुले बताए । पर्सामा यो समुदायको संख्या बढी नै भएपनि खुलेर आएको ५ सय जना मात्र रहेको विगतमा सहयात्री समाजसंग आबद्ध भएर कार्य गरेका अभियन्ता लिम्बुले बताए । काठमाडौं बाहिर सबै भन्दा बढी यो समुदायका मानिसहरु रहेको ठाउँ पर्सा नै रहेको लिम्बुले बताए ।
आफैले संचालन गरेको पसलहरुमा पनि ग्राहक सामाग्री खरीद गर्न नरुचाउने गरेको संदिप साह गुनासो गर्छन् । न सरकारले नै यस्ता समुदायहहरुलाई खासै ठोस योजनाहरु ल्याएका छन् तर स्थानिय तहले भने यस्ता समुदायहरुका लागी सिपमुलक तालिमको लागी २०८१÷०८२ को बजेटमा भए पनि थोरै बहुत बजेट छट्टयाएका छन् ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण भने उतm समुदायका मानिसहरुको विकास तथा संरक्षणका लागि महानगरपालिका लागि परेको बताउँछन् ।

