Madhes Khabar
पर्यटन हेडलाइन

ठोरीमा पर्यटन प्रवद्र्धनका लागि युवा व्यवसायी थापाको अध्यक्षतामा समिति गठन

वीरगन्ज,२९कात्तिकः पर्साको ठोरी गाँउपालीकामा पर्यटन समिति गठन गरिएको छ ।ठोरी गाँउपालिका वडा नम्बर २ मा रहेको ठोरी जंगल रिर्सोटको सभाहलमा शनिबार भएको पर्यटन ब्यवसायी , सरोकार वाला सहितको भेलाले ठोरीकै युवा पर्यटन ब्यवसायी सुदीप थापाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरज लामा,सचिवमा रवी पौडेल , सह–सचिवमा पुस्कर भुजेल , कोषाध्यक्षमा लेखमाया घिमीरे तथा सदस्यमा सन्जिव गान्धरी ,सुशान्त सिहँ ठकुरी,भरत अधिकारी,सागर पराजुली , मेनुका गुरुंङ, अप्सरा साङंतान, लगायत रहेका छन् ।

यस्तै उक्त भेलाले नै ठोरीमा पहिलो होम स्टे सञ्चालक शम्भु पौडेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समितिपनि गठन गरेको छ ।

ठोरीमा पहिलो पटक गठन भएको पर्यटन प्रबद्र्धन समितिले ठोरीलाई पर्यटकिय उचाईमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष थापाले बताएए । उनले भने,‘हामीले ठोरीको पर्यटन क्षेत्रमा गर्नुपर्ने धेरै काम छ ,हामीले निरन्तर गरिराखेका पनि छौं , गरिरहेकै कामलाई संस्थागत गर्ने हो ।

यसैबीच नवगठित समितिको पहिलो बैठकले समितिकोे संख्या बराबर सुचाना बोर्ड ठाँउ ठाँउमा राख्ने र सबैको सहकार्यमा सोमबार सेतो डाँडा अगाडी बृहत सरसफाई गर्ने निर्णयपनि गरेको अध्यक्ष थापाले जानकारी दिए ।

Related posts

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

MadhesKhabar

बारा : जागीरबाट निकालेको रिसमा म्यानेजरको घाँटी रेटेर हत्या,वीरगन्जका दुई जना पक्राउ

MadhesKhabar

वीरगन्जको बजारमा अचाक्ली बढ्यो हरियो तरकारीको भाउ, बजार अनुगमन गर्ने निकाय खोई ?

MadhesKhabar

Leave a Comment