Madhes Khabar
स्थानिय

पर्सामा नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ

वीरगन्ज,१०फाल्गुन:पर्साबाट प्रहरीले हतियारसहित २ जनालाई पक्राउ गरेको छ । पर्साको बहुदमाई नगरपालिका वडा नम्बर ९ स्थित सडकखण्डबाट प्रहरीले १ थान नलकटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले ना. १२ प ४९७१ नम्बरको मोटरसाइकलबाट नलकटुवा पेस्तोल बरामद गरेको हो ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरीलाई खानतलासी गर्दा कालो रङ्को ज्याकेटको वायाँ पट्टीको गोजीमा लुकाईछिपाई राखिएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले मोटरसाइकलको पछाडी सवार रहेका पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाईपनि नियन्त्रणमा लिइएको बताए ।

दुवै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Related posts

जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याजी सम्बन्धी हालसम्म १ हजार उजुरी दर्ता

MadhesKhabar

वीरगन्ज महानगरका मेयर सिंहको पहलमा डुबान क्षेत्रको पानी निकासीको काम सुरु

MadhesKhabar

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

Leave a Comment