Madhes Khabar
स्थानिय हेडलाइन

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

बारा,८कार्तिकःबाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घूस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।कलैयामा एक जना सेवाग्राहीसंग ८० हजार रुपैयाँ घु्स लिदैं गरेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

हेटौंडाबाट आएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा बिहीबार सेवाग्राहीसंग घुस रकम लिदैं गरेको बेला साहलाई पक्राउ गरेको आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साह अख्तियारको फन्दामा परेका हुन् ।घुस रकमसहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हेटौंडास्थित अख्तियारको कार्यालयमा लिएर गएको गौतमले जानकारी दिए ।

Related posts

सरकारले बढायो रासायनिक मलको मूल्य (बढेकाे मुल्यसुची सहित)

MadhesKhabar

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

MadhesKhabar

वीरगन्जमा आयोजित प्रो–क्लब टि–२० क्रिकेटको उपाधिमाथि पुलिसको कब्जा

MadhesKhabar

Leave a Comment