Madhes Khabar
समाचार

पर्सामा चोरीको मोटरसाइकल सहित दुइ जना युवक पक्राउ

मधेसखबर
वीरगन्ज,०८,जेठः
पर्सा प्रहरीले चोरीको मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ का नीरन्जन यादव र धिरज कुमार यादव रहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने सन्दिप कुमार चौरसियाले ना ५१ प ५१२२ नम्बरको मोटरसाईकल आफ्नै घर अगाडी पार्किङ गरि राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाईकल चोरी भएको जानकारी पाए लगतै खोजीमा खटिएको प्रहरीको टोलीले उक्त मोटरसाईकलमा बी.आर ०५ ए ८८७२ भारतीय नम्बर प्लेट लगाएर चलाउदै गरेको अवस्थामा यादवद्वयलाइ पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बडनिहार बजारबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बी.आर २२ ए.एफ ८५९५ नम्बरको टिभिएस मोटरआईकल समेत बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिए ।
बरामद भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि चोरीकै रहेको खनालले बताए ।

Related posts

गृहमन्त्री सुधन गुरुङले भने : कुनै काममा पनि कसैले घुस माग्यो भने सीधै खबर गर्नु

MadhesKhabar

तस्करी गरी ल्याइएको १६ लाख बराबरको कपडा वीरगन्जबाट बरामद

MadhesKhabar

कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान तिव्र

MadhesKhabar

Leave a Comment