Madhes Khabar
समाचार

१९ जना यात्रु लिएर पोखराबाट उडेको विमान सम्पर्क विहिन

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज,१५जेठः
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहिन भएको छ ।
पोखरा विमानस्थलबाट १९ जना यात्रु बोकेर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको हो । जोमसोम विमानस्थलमा बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने विमान बिहान सवा ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित २ अन्य देशका नागरिक थिए ।
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे ।

Related posts

वीरगन्जबाट फेसबुकमा स्टाटस लेख्दै महावीर पुनले भने : भ्रष्टचार रोक्न सकेन भने रास्वपापनि बिलाएर जान्छ

MadhesKhabar

भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको नयाँ कार्यसमिति चयन,अध्यक्षमा चौरसिया

MadhesKhabar

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

Leave a Comment