
मधेसखबर
वीरगन्ज, ०३ जेठ : वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा पनि जनता समाजवादी पार्टी (जसपा) ले जित हात पारेको छ ।
वडा नम्बर ३० मा जसपाका मनोज कुमार यादव वडा अध्यक्षमा विजयी भएका हुन् ।
मङगलबार अपरान्ह सवा ४ बजे सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , नेपाली काँग्रेसका उम्मेदवार अली हुसेन देवानलाइ ५५ मत अन्तरले पछि पार्दै जसपाका यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
यादवले ६ सय ४१ मत पाएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका देवानले ५ सय ८६ मत पाएका छन् ।
यसअघिका वडा अध्यक्ष एंव एमालेका उम्मेदवार अमानत मियाँ भने ५२४ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका छन् ।
योसंगै जसपाले वीरगन्ज महानगरमा अहिले सम्म ३ वटा वडामा जित हासिल गरिसकेको छ ।

