Madhes Khabar
समाचार

पथलैयामा हाइस गाडीबाट ६२ केजी गाँजा बरामद, चालक फरार

वीरगन्ज,३१साउनःबाराको पथलैयाबाट प्रहरीले यात्रुवाहक हाइस गाडीबाट ६२ केजी गाँजा बरामद गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा खटिएको प्रहरीले ना १ ज ८४५८ नम्बरको हाइस गाडी शंका लागेर रोक्न खोज्दा उक्त गाडीका चालक गाडी नरोकेर फरार भएका थिए ।

त्यसपछि प्रहरीले पछ्याउदै गएपछि हुलास स्टिल उद्योग अगाडि उक्त गाडी रोकेर चालक फरार भएका थिए । उक्त गाडीमा चेकजाँच गर्दा गाडीभित्र ६२ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।गाँजा सहितको गाडी नियन्त्रणमा लिइएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

MadhesKhabar

बबरमहलमा फुटेको खानेपानीको पाइप मन्त्री यादवकाे निर्देशनमा मर्मत गरियाे

MadhesKhabar

किसानको हकहितका लागि जनमत पार्टी दृढ—उम्मेदवार सरार्फ

MadhesKhabar

Leave a Comment