Madhes Khabar
समाचार

मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुदाँ १४ जना घाइते

काठमाडौं,२४माघःकाठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर अवस्था रहेको छ । घाइते ११ जनालाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको छ । घाइते हुनेहरु सबै जना मःम पसलकै कामदार रहेको बताइएको छ ।

बिहीबार बिहान ८.४५ बजेतिर ग्यास सिलिण्डरबाट ग्याँस लिक भएर विष्फोट हुदाँ आगलागीमा परेर ११ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । ’बिहान विष्फोट भएको हो । अहिले विस्तृत विवरण आइसकेको छैन । प्रहरीले मुचुल्का गरिरहेको छ,’ उनले भने । घाइतेहरूको उद्धार भने भइसकेको छ ।

Related posts

भाटभटेनीबाट रक्सी लुट्ने रास्वपाका नेता राजकुमार राई !

MadhesKhabar

फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

MadhesKhabar

दुई कराेडकाे अफिमसहित सिमराबाट २ जना पक्राउ

MadhesKhabar

Leave a Comment