Madhes Khabar
समाचार

फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

मधेसखबर
वीरगन्ज ,२० भदौं : नेपाल फोटो पत्रकार महासंघ पर्साको तेस्रो अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ।

साेमबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा बसेको बैठकले निर्वतमान अध्यक्ष विजय चौहान नेतृत्वको कार्य समितिलाई धन्यावाद ज्ञापन गरेको छ ।

जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाको अध्यक्षतामा बसेको बैठकले भदौ २९ देखि ३१ गते सम्म चितवनकाे सौराहामा हुने केन्द्रिय दोस्रो महाधिवेशको प्रतिनिधिमा पर्साबाट तेस्रो जिल्ला अधिवेशनले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चौहान र क्रान्ति साहको नाम पठाउने निर्णय गरेको छ ।

बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीको सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिने निर्णय पनि गरेको छ ।

साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र कोषाध्यक्षको नामले महासंघको आर्थिक कारोबार संचालनको लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेको महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काको विशेष उपस्थितीमा भएको बैठकमा फोटो पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनोद पटेल, प्रणय साह, आरोहण साह, राहुल गुप्ता लगायतको उपस्थिती पनि रहेको थियो ।

Related posts

बाराकाे मटीअर्वा नाका हुँदै चिनी,प्याज,केराउ र काजुकाे व्यापक तस्करी

MadhesKhabar

सिम्रौनगढमा १ सय ३८ किलो गाँजासहित एक महिला पक्राउ

MadhesKhabar

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना

MadhesKhabar

Leave a Comment