
मधेसखबर
वीरगन्ज,०७,जेठः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोलामा शनिबार बेलुकी मिनि ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौं तर्फ तिब्र गतिमा जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनि ट्रक सिमखोला स्थित पुलको बारमा ठोक्किएर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ ।
घाइते ४ जना मध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

