Madhes Khabar
समाचार

४७ किलो चाँदीका गहनासहित पर्सा र बाराका तीन जना काठमाडौंमा पक्राउ

वीरगन्ज,२३पुष:काठमाडौं उपत्यकामा तस्करीकाे ४७ किलो चाँदीका गरगहनासहित पर्सा र बाराका तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका सुमन सर्राफ, बाराकाे कलैया १० का कामेश्वर साअ र बाराकै विश्रामपुर गाउँपालिकाका मनिष सर्राफ रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौंको विभिन्न स्थानबाट बिल विजक बिनाको चाँदीको गहनासहित तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ ।

राजस्व छली गरी बिल विजक बिना चाँदीका गरगहना ल्याइएकाे सूचना अनुसार सबैलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जनाए ।

उनका अनुसार पक्राउ परेका तिनै जनामाथि राजस्व छली सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

Related posts

आईपीएलमा सट्टाबाजी खेलाउने सर्लाहीको गिरोह पक्राउ, खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन

MadhesKhabar

पर्साकाे धाेरेमा हुण्डीकाे १५ लाख नगदसहित एक युवक पक्राउ

MadhesKhabar

वीरगन्जबाट तस्करीकाे २८ लाखकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment