Madhes Khabar
समाचार

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाका दोषीलाई कारबाही गर्न उज्यालो नेपाल पार्टी पर्साको माग

वीरगन्ज,५पुसः कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको पर्सा जिल्ला कार्यसमितिले बंगलादेशमा हिन्दु युवकमाथि भएको हिंसाका दोषीहरुलाई कारबाहीको माग गरेको छ ।

उज्यालो नेपाल पार्टीका पर्सा जिल्ला संयोजक रामबाबु यादवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दुहरुमाथि गरिएको दमन,हिंसा र अमानवीय व्यवहारमा संलग्नहरुलाई कारबाहीको माग गरेका हुन् ।

यादवले जारी गरेको विज्ञिप्तमा भनिएको छ–हालै बंगलादेशमा भएको अमानवीय तथा दुःखद घटनाप्रति उज्यालो नेपाल पार्टी पर्सा गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। यस्तो घटनाले मानवता, सभ्यता र सामाजिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।

उज्यालो नेपाल पार्टी पर्सा मानव अधिकार, मानव मर्यादा र न्यायको पक्षमा दृढ रूपमा उभिएको राजनीतिक शक्ति हो। कुनै पनि प्रकारको हिंसा, अमानवीय व्यवहार, अन्याय र दमनलाई पार्टीले कडा रूपमा निन्दा गर्दछ। पीडितप्रति हाम्रो गहिरो सहानुभूति छ र दोषीलाई कानुनी दायराभित्र ल्याई निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।

Related posts

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

MadhesKhabar

भारतमा अब नेपाली कागजातकाे आधारमा भारतीय सिमकार्ड पाइने

MadhesKhabar

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्धारा नवनिर्वाचित सांसद सुशील कानु सम्मानित

MadhesKhabar

Leave a Comment