Madhes Khabar
समाचार

पिठ्युँमा खानेपानी बोकेर खानुपर्ने नागरिकको बाध्यताको अन्त्य गर्छौँ : मन्त्री यादव

काठमाडौं,१२पुस :नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले पिठ्युँमा खानेपानी बोकेर खानुपर्ने नागरिकको बाध्यताको अन्त्य गरिने बताएका छन् ।मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रमा अहिलेपनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त गर्नु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने, “नेपालका दुर दरजारमा रहेका ग्रमिण वस्तिहरुमा अहिले पनि जनताले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता छ । त्यसको अन्त गर्नका लागि मन्त्रालयले ठोस कदम चाल्दै छ । पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छोड्छु ।”

देशका अधिकांस ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिक माझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए।
जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा हुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नु पर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दुःखद भएको मन्त्री यादवको भनाई थियो ।

उनले भने, “जलस्रोतको क्षेत्रमा धनी देशमा पानी देउ सरकार भन्दै आन्दोलन गर्नु अनि पिठ्युँमा खानेपानी बोकेर जोहो गर्न लाजमर्दो कुरा हो ।”

मन्त्री यादवले खानेपानीको समस्या बुझन र समाधानका लागि केहीदिन पहिले देशका तराई पहाडी तथा हिमाली क्षेत्रमा स्थलगत रुपमा अनुगमनमा गएर फर्किएकाले खानेपानीको समस्या समाधानका लागि आँफुले ठोस कदम चालेर आफ्नै कार्यकालमा पानीको समस्या दीर्घकालिन रुपमा समाप्त गर्ने दाबी समेत गरे ।

उनले भने, “जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको छ, पहाड र हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको छ । समस्या समाधन गर्न निकै चुनौती पूर्ण रहेको छ तर म समस्या समाधान गर्ने छु ।”खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

Related posts

जनकपुरबाट भैरहवा जादै गरेको बस दुर्घटना ,९ जनाको मृत्यु

MadhesKhabar

पर्सा जिल्लामा ७० प्रतिशत भन्दा बढि मतदान

MadhesKhabar

अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जका दुवै न्यायाधीश न्याय परिषदमा तानिए

MadhesKhabar

Leave a Comment