काठमाडौं,३ भदौं : रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी घर बताउने २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्।
रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना मंगलबार भएको र फरार अवस्थामा रहेका उनलाई बुधबार धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले निण्न्त्रणमा लिएको प्रहरीले जनाएको छ।
तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको छ। उनी लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। साभारः अन्नपूर्णपोष्ट

