Madhes Khabar
समाचार

बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा,२३फागुनःबाराको बघवनमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ बैरगनिया घर भएका ३५ वर्षीय अनिल प्रसाद यादव रहेका छन् ।

बाराको बरियारपुरबाट कलैया बजारतर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले ना ३९ प ७३६७ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

बसले ठक्कर दिएलगत्तै कललैयास्थित प्रादेशीक अस्पतालमा पुर्याइएका यादवलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । मोटरसाइकललाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

आलुकाे बाेरामा लुकाएर वीरगन्ज नाकाबाट लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ (भिडियोसहित)

MadhesKhabar

बेरुजु नआउने गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक छ : मन्त्री यादव

MadhesKhabar

पथलैयामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

Leave a Comment