Madhes Khabar
समाचार

काठमाडौंबाट आउँदै गरेकाे टाटासुमाे मकवानपुरमा दुर्घटना हुदाँ ६ जनाकाे मृत्यु

वीरगन्ज,२०पुस:मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार टाटासुमो दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ।४ जनाकाे घटनास्थलमै र २ जनाकाे उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो गाडी दुर्घटना भएको हाे । तीन जना घाइते भएका छन् ।

मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । गाडीमा ९ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको स्थानीयवासी सुरेन्द्र थिकेले बताए । मृतकहरूको शव हेटौंडा ल्याइपुर्‍याइएको छ ।

सुमाे सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले सुमोमा सवार घाइते र मृतकको उद्धार गरेको थियो । मृतकहरू ६ जनाकाे नै परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । तीन जना घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले बताएको छ ।

Related posts

`जहाँ बोलाउँछौ त्यही आउँछु’ भनेर सरकारलाई ललकारेका दुर्गा प्रसाईं मोबाइल अफ गरेर भुमिगत

MadhesKhabar

ईभी गाडीभित्र बेहोस भएका बाराका युवकको उपचारका क्रममा मृत्यु

MadhesKhabar

पर्साको श्रीपुरबाट १२ जना जुवाडे नगद रकमसहित पक्राउ

MadhesKhabar

Leave a Comment