Madhes Khabar
समाचार

ईभी गाडीभित्र बेहोस भएका बाराका युवकको उपचारका क्रममा मृत्यु

सांकेतिक तस्बिर ।

बारा,२२भदौःमकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा गुडिरहेको विद्युतीय (ईभी) गाडीभित्र अचानक बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ का १९ वर्षीय प्रदीप पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, वीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा यात्रुका रुपमा सवार पटेल सिस्नेरीको टेकर भन्ने स्थानमा पुगेपछि बिहान करिब ९ः३० बजे गाडीभित्रै अचानक बेहोस भएका थिए।

त्यसलगत्तै सिस्नेरी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई तत्काल नजिकैको स्वास्थ्य चौकी पु¥याएको थियो। प्रारम्भिक उपचारपछि होस आएर सामान्य बोल्न सक्ने भएपनि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो।

काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल पु¥याएर परीक्षण गर्दा चिकित्सकले बिहान ११ः०३ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Related posts

राजवादीको प्रदर्शनमा मारिएका पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो जागीर

MadhesKhabar

मधेस-काठमाडौं द्रुतमार्गको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा कम

MadhesKhabar

बारा बस दुर्घटना अपडेट : बाराकी थप १ बालिकाको मृत्यु , मृतकको संख्या १७ पुग्यो

MadhesKhabar

Leave a Comment