वीरगन्ज,३१भदौं :नेपाल भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको अध्यक्षमा ईन्जिनियर राजेशकुमार चौरसिया चयन भएको छ ।वीरगन्जमा सोमबार सम्पन्न दोस्रो सधारण सभा तथा अधिवेशनले चौरसियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्याप्टरको बरिष्ठ उपाध्यक्षमा ईन्जिनियर विनोद राम,उपाध्यक्षमा आत्माराम प्रसाद, सचिवमा गौरव कुमार सर्राफ,सहसचिवमा वीरेन्द्र माली र कोषाध्यक्षमा जितेन्द्र प्रसाद गुप्तापनि सर्वसम्मत चयन भएका छन्।
यसैगरी सदस्यहरुमा राजेश यादव, रामनरेश प्रसाद यादव,लक्ष्मण ढकाल , प्रदीप चौरसिया र कृष्णकुमार रायत चयन भएको भ्यालुयर्स एशोसिएसन मधेस प्रदेशका अध्यक्ष ईन्जिनियर मुन्नाकुमार सर्राफले जानकारी दिए ।
भ्यालुयर्स एशोसिएसन वीरगन्ज च्यापटरका कार्यवाहक अध्यक्ष बद्रि प्रसाद झाको अध्यक्षता तथा भ्यालुयर्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष ईन्जिनियर ऋषी कोइरालाको प्रमुख आतिथ्यतामा साधरणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

