Madhes Khabar
समाचार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं,१४साउनःएक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।अदालतको आदेशसंगै उनलाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको छ ।

एक युवतीलाई बलात्कार गरेको आरोपमा साउन ४ गते पक्राउ परेका अहिराजलाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

पिडित भनिएकी युवतीले आफूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा २०८१ जेठ ४ गते अहिराजले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

Related posts

दलित बस्तीमा शिक्षाको जागरण ल्याउने ‘महुवनका मनोज सर’

MadhesKhabar

ठोरीमा भालुको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

MadhesKhabar

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

Leave a Comment