काठमाडौं,१४साउनःएक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।अदालतको आदेशसंगै उनलाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको छ ।
एक युवतीलाई बलात्कार गरेको आरोपमा साउन ४ गते पक्राउ परेका अहिराजलाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
पिडित भनिएकी युवतीले आफूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा २०८१ जेठ ४ गते अहिराजले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

