Madhes Khabar
समाचार

सुकुम्बासीहरुलाई राखिएको होल्डिङ सेन्टरमा बाराका हिरालाल पासवानको मृत्यु

सांकेतिक तस्बिर ।

भक्तपुर,२८साउन : भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरमा रहेका एक भूमिहीन सुकुम्बासीले आ त्म हत्या गरेका छन् । बिहीबार बिहान करिब पौने ११ बजे उनले आत्महत्या गरेपछि यसको दोष सरकारलाई दिँदै त्यहाँका सुकुम्बासी आन्दोलित बनेका छन् ।

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि स्थानान्तरण गरी ल्याइएका सुकुम्बासीमा पासवान पनि परेका थिए । बाराको सुवर्ण गाउँपालिका –२ का ५७ वर्षीय हिरालाल पासवान सुकुम्बासीको ब्यवस्थापन नहुँदा चिन्तित रहने गरेका थिए ।

पासवानले तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा पासो लगाई आ त्म हत्या गरेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा सुरक्षा टोली पुगे पनि सुकुम्बासीले शव उठाउन दिएनन् । मुचुल्का नगरी प्रहरी फर्किएको छ ।

पासवान श्रीमती र छोरा–बुहारीसहित होल्डिङ सेन्टरमा रहेका थिए । श्रीमती बारा गएको बेला कोठामा एक्लो परेका पासवानले अप्रिय निर्णय लिन पुगेका देखिएको छ । सुकुम्बासीले आफूहरुको ठोस ब्यवस्थापनमा राज्य उदासीन बन्दा यस्तो परिणाम आएको भन्दै सरकारले यसको भार ब्यहोर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।साभारःअन्नपूर्णपोष्ट

Related posts

पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

MadhesKhabar

वीरगन्जमा न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहा गर्न माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

MadhesKhabar

वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु

MadhesKhabar

Leave a Comment