Madhes Khabar
समाचार

बार एशोसियसनको स्थापना दिवसमा वीरगन्जमा पनि निकालियो प्रभातफेरि

वीरगन्ज,७पुसः नेपाल बार एशोसियसनको स्थापना दिवसको उपलक्ष्यमा सोमबार वीरगन्जमापनि प्रभातफेरि निकालिएको छ । उच्च अदालत बार एशोसियसन वीरगन्ज र पर्सा जिल्ला अदालत बार एशोसियसनले संयुक्त रुपमा प्रभातफेरि निकालेका हुन् ।

सोमबार बहिान वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरि माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो।

उच्च अदालत बार एशोसिएसन वीरगन्जका अध्यक्ष शैलेन्द्र बर्माको अध्यक्षता तथा बार एशोसिएसनका निबर्तमान उपाध्यक्ष सुधीर कुमार कर्णको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पर्सा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष रामनारायण कुर्मी,उच्च अदालत बार एशोसिएसन वीरगन्जका सचिव प्रज्वल अधिकारीका साथै जिल्लाभरका अधिवक्ता र वीरगन्ज स्कूल अफ ल का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

MadhesKhabar

वीरगञ्ज भन्सारद्वारा सात महिनामै १ खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८८ प्रतिशत मात्र प्राप्त

MadhesKhabar

पर्सामा एक वर्षमा २२ जना हुण्डी कारोबारीबाट १ करोड ६५ लाख रुपैया बरामद

MadhesKhabar

Leave a Comment