Madhes Khabar
समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन सखुवा प्रसाैनीकाे अध्यक्षमा थारु चयन

वीरगन्ज,१९चैत:पर्सकाे सखुवा प्रसाैनी गाँउपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे दोस्रो पालिका अधिवेशन मंगलबार सम्पन्न भएको छ।अधिवेशनले प्रदिप चौधरी थारुका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ।

संगठनकाे उपाध्यक्षमा सुरेन्द्र दहैत, महिला उपाध्यक्षमा देवकी देवी,सचिवमा विपिन यादव ,सहसचिवमा सबिता चौधरी र काेषाध्यक्षमा श्रीरामजी प्रसाद रौनियार तथा सदस्यहरुमा आशुदेव महतो थारु,रामकिशोर महतो थारु, वसन्त ओझैया,गनपत पण्डित, राजनरायण गोसाई,प्रमोद रौनियार र महिला सदस्यमा लाखी देवी  चयन भएका छन्।

औराहा पञ्चगावामा आयाेजित अधिवेशनकाे उद्घाटन सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले गरेका थिए।उद्घाटन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष यादवले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको योगदान अतुलनीय रहेकाे बताए। शिक्षकहरू समाज रूपान्तरणका संवाहक भएको भन्दै उनले । शिक्षक संघ-संगठनहरूले शिक्षण पद्धतिमा सुधार ल्याउने, नीति निर्माणमा सुझाव दिने र शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जाेड दिए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका  प्रदिप कुमार चौधरीको अध्यक्षतामा  भएको कार्यक्रममा शिवनाथ चौधरी,बिनोद गिरी,वडाध्यक्ष बासुदेव महतो थारु लगायतकाकाे सहभागिता थियाे।

Related posts

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेका धार्मिक अभियन्ता पुष्कर पक्राउ

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी उम्मेदवार दियान्सु श्रेष्ठको पहलमा गरियो बृहत सरसफाई

MadhesKhabar

वीरगन्जमा तस्करीको आशंकामा २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment