Madhes Khabar
समाचार

करेन्ट लागेर ससुरा बुहारी सहित ३ जनाको मृत्यु

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज, १९ साउन : सप्तरीमा करेन्ट लागेर ससुरा बुहारी सहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर –६ मा दुइ जनाको र राजगढ गाउँपालिका–२ कमलपुरमा एक जनाको मृत्त्यु भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर –६ का ४० वर्षीय सौदानन्द सरदार, उनकी बुहाारी २० वर्षीया अन्जली सरदार छन् ।इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार , सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको थियो ।अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

Related posts

ध्वनि प्रदूषण गर्न ग्यारेजमा मोटरसाइकल मोडिफाई गरिदिने आलम पक्राउ

MadhesKhabar

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना, अरु कति छ सम्पत्ति ?

MadhesKhabar

पर्सामा ठूलो परिमाणमा लागु औषध सहित १७ वर्षिय किशोर पक्राउ

MadhesKhabar

Leave a Comment