Madhes Khabar
समाचार

खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

बारा,१७असार: नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई (सुनिल गाउँले) खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रोत्साहन पुरस्कार अन्तर्गत यस वर्ष मधेस प्रदेशबाट पत्रकार गाउँले पुरस्कृत भएका हुन् ।

२५ हजार राशीको उक्त पुरस्कार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गाउँलेलाई प्रदान गरेका हुन । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

गाउँले बाराकाे सिमराबाट प्रकाशित नयाँ इतिहास डटकमका सम्पादक हुन् । उनले यसअघि विभिन्न संचारमाध्यममा काम गरिसकेका छन् ।

खेलकुद मन्त्रालयले प्रत्येक वर्ष उक्त प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रत्येक प्रदेशबाट एक जना, समावेशी महिला एक जना, समावेशी दलित एक जना र खेलकुद पत्रकारिता सम्मानबाट एक जनालाई पुरस्कृत गर्ने निर्णय यसअघि नै गरिसकेको थियो ।साेही निर्णय अन्तर्गत मन्त्रालयले औपचारिक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरेको हो ।

Related posts

नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर यादव मनोनित

MadhesKhabar

पटेर्वा सुगौलीका खोलाबाट बालुवा र ढुंगाको तस्करी गर्ने ३ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा चरेससहित तीन युवक पक्राउ

MadhesKhabar

Leave a Comment