Madhes Khabar
समाचार

पर्सामा सिमेन्टको बोराभित्र लुकाएर तस्करी गर्न लागिएको २०७ केजी गाँजासहित गाडी र चालक पक्राउ

वीरगन्ज,२० साउनः पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई फक्राउ गरेको छ । प्रहरीले लागू औषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडीपनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो।

त्यस क्रममा पिकअप गाडीभित्र लोड रहेको सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा २ सय ७ केजीे लागूऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । गाँजा र गाडीसहित उक्त गाडीका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई पनि पक्राउ गरिएको पौडेलले बताए।

बरामद गाँजा र पिकअप गाडीसहित चालक लामालाई प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

Related posts

सिरहा र झापामा गोली चल्यो

MadhesKhabar

बारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ एक जनाको मृत्यु

MadhesKhabar

मधेस प्रदेशको पाँच जिल्लाका एसपीकाे सरुवा

MadhesKhabar

Leave a Comment