वीरगन्ज,२६कात्तिक:वीरगन्जको एक किराना पसलबाट लागू ओैषध गाँजासहित पसलका सञ्चालक पक्राउ परेका छन्।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चाेर्नीका खेदु महताे धानुक रहेका छन्।
चाेर्नीस्थित धानुककाे किराना पसलबाट गाँजा बिक्रीवितरण भइरहेको सुचना प्रहरीलाई थियाे।उक्त सुचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टाेलीले धानुककाे किराना पसलमा खानतलासी गर्दा पसलपछाडिकाे काेठामा ड्रमभित्र लुकाएर राखिएको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियाे।
गाँजा बरामद भएपछि पसलक सञ्चालक धानुकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।गाँजासहित पक्राउ गरिएका धानुकलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू ओैषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

