Madhes Khabar
समाचार

वीरगन्जमा लागू औषधसहित ४ जना पक्राउ

वीरगन्ज,१५कार्तिकःवीरगन्जबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ जना र वीरगन्ज–१४ गण्डक चोकबाट नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

वीरगन्ज भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको रघुनाथपुर ग्राम पञ्चायत–१ का २५ वर्षिय सत्यम शर्मा र आमुदेही ग्राम पञ्चायत–३ का २४ वर्षिय कयस अली रहेका छन् ।

उनिहरुको साथबाट डाईजापाम १०० एम्पुल, नोर्फिन १०० एम्पुल र प्रोमेफाजिन १०० एम्पुल गरी कूल ३ सय एम्पुल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।
लागू औषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा दिइएको धामीले जानकारी दिए ।
यस्तै वीरगन्ज महानगरपालिका– १४ गण्डक चोकबाट नेपाल प्रहरीले लागू औषधसहित बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय शैलेश यादवलाई पक्राउ गरेको छ ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा ओमबाबुको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ४ सय ८१ एम्पुल र शैलेशको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ५ सय १५ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

Related posts

बहुविवाह सम्बन्धीको विधेयक प्रतिनिधिसभामा पेस हुँदैन : कानुनमन्त्री चाैरसिया

MadhesKhabar

बिहारको घोडासहनका शेख ५० किलो अवैध चाँदीसहित ललितपुरबाट पक्राउ

MadhesKhabar

राैतहटमा ट्रयाक्टर र मोटरसाईकल ठोक्किदाँ एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment