Madhes Khabar
समाचार

पर्साको शंकरसरैयाको बाँसघारीबाट गाँजासहित एक बृद्ध पक्राउ

वीरगन्ज,१४मंसिरःनेपालबाट भारत तस्करी गर्न लागिएको लागू औषध गाँजासहित एक भारतीय नागरिक पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको बेतिया जिल्लाको मुसहरी गाँउका ६५ वर्षीय गामा बिन रहेका छन् । उनलाई प्रहरीले २९ केजी गाँजासहित पक्राउ गरेको हो ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर. ५ शंकरसरैया स्थित बाँसबारीमा लागु औषध ओसार पसारको काम भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उक्त बाँसघारीमा पुग्दा बिनलाई २९ केजी गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

गाँजासहित पक्राउ गरिएका बिनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कार्कीले जानकारी दिए।

 

Related posts

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई जना बडिगार्ड बन्दूक र गोलीसहित पक्राउ

MadhesKhabar

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद

MadhesKhabar

Leave a Comment