Madhes Khabar
समाचार

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई जना बडिगार्ड बन्दूक र गोलीसहित पक्राउ

बरामद भएको बन्दुक।

काठमाडौं,५चैतःकाठमाडौंस्थित सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन्।

सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार, पक्राउ पर्नेमा प्रसाईका बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल रहेका छन्।

उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।

‘ठूले स्वीडेन’ लेखिएको कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ। प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।साभारः सेतोपाटीबाट

Related posts

दिदीको अश्लील भिडियो खिचेर बहिनीलाई पठाउने युवक पक्राउ

MadhesKhabar

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

MadhesKhabar

पर्साका एसपी ढुंगेल काठमाडौंमा सशस्त्र प्रहरीबाट सम्मानित

MadhesKhabar

Leave a Comment