Madhes Khabar
समाचार

२२ जना सवार रहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१५जेठः
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको घासा डाडाँमा दुर्घटनाग्रस्त भएको खबर प्राप्त भएको छ ।
पोखरा विमानस्थलबाट १९ जना यात्रु र चाल दलका तीन सदस्य गरि २२ जना बोकेर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्दा माथिको घाँसा डाडाँमा दुर्घटनाग्रस्त भएको हो ।
घाँसा डाँडामा विमान ठोक्किएर क्षति ग्रस्त भइ आगो लागेर जलेको दृश्य देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । तर यसको अधिकारीक पुष्टि भने भएको छैन ।
पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान जोमसोम विमानस्थलमा बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा उक्त विमान करिब ४५ मिनेट सम्पर्क विहिन भएको थियो ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापाका साथै दुई जर्मनी नागरिक, चार भारतीय नागरिक र बाँकी १३ जना नेपाली नागरिक यात्रु सवार रहेका थिए।

Related posts

समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन

MadhesKhabar

पर्साको ग्रामीण भेगबाट भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल प्रहरीद्वारा जफत

MadhesKhabar

चाउचाउको कार्टुनमा लुकाएर लागू औषधको तस्करी गर्ने दुई युवक सर्लाहीमा पक्राउ

MadhesKhabar

Leave a Comment