
मधेसखबर
वीरगन्ज,१५जेठः पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको घासा डाडाँमा दुर्घटनाग्रस्त भएको खबर प्राप्त भएको छ ।
पोखरा विमानस्थलबाट १९ जना यात्रु र चाल दलका तीन सदस्य गरि २२ जना बोकेर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्दा माथिको घाँसा डाडाँमा दुर्घटनाग्रस्त भएको हो ।
घाँसा डाँडामा विमान ठोक्किएर क्षति ग्रस्त भइ आगो लागेर जलेको दृश्य देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । तर यसको अधिकारीक पुष्टि भने भएको छैन ।
पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान जोमसोम विमानस्थलमा बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा उक्त विमान करिब ४५ मिनेट सम्पर्क विहिन भएको थियो ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापाका साथै दुई जर्मनी नागरिक, चार भारतीय नागरिक र बाँकी १३ जना नेपाली नागरिक यात्रु सवार रहेका थिए।

