Madhes Khabar
समाचार हेडलाइन

पर्साको ग्रामीण भेगबाट भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकल प्रहरीद्वारा जफत

प्रमोद यादव
पर्सा,१९ फागुनःपर्साको ग्रमीण भेगका विभिन्न स्थानबाट प्रहरीले भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

फागुन २१ को निर्वाचनलाई लक्षित गरि जिल्ला सुरक्षा समितिको बैठकले फागुन १८ गतेदेखि मतदानको दिन फागुन २१ गते मध्यरात १२ः०० बजेसम्म पर्सा जिल्लाभर भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । उक्त निर्णयको उल्लंघन गर्दै सडकमा गुडाएको पाइएपछि इलाका प्रहरी कार्यालय पोखरियाले ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।
२० वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियामा राखेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जारी गरिएको आदेशलाई वेवास्ता गरी चलाइएका मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई अहिले ईलाका प्रहरी कार्यालय पोखरियामै राखिएको छ ।प्रहरीले स्थानीय प्रशासनको निर्णय र कानुनको पालना गर्न सबैमा आग्रह समेत गरेको छ ।

 

Related posts

भारतबाट वीरगन्ज ल्याउँदै गरिएको पटका बहुअर्वाभाठामा सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

नयाँ वर्षमा वीरगन्जमा तीन दिने रात्री बजार सुरु ,सांसद यादवले गरे मेयर सिंहकाे प्रशंसा

MadhesKhabar

Leave a Comment