Madhes Khabar
समाचार

ठाेरीबाट २० केजी गाजा बरामद

मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे ठाेरी स्थित नेपाल भारत सीमा नजिकबाट सशस्त्र प्रहरीले लागु ओैषध गाजा २० केजी बरामद गरेकाे छ ।

विजयवस्ती स्थित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्टबाट खटिएकाे टाेलीले नेपाल भारतको सीमा नजिकबाट २० किलो गाजा बरामद गरेको हाे ।

सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र कुमार बहडखेरको नेतृत्वमा खटिएकाे टाेलीले बुधबार बिहान ८ बजे तस्करले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजादै गरेको गाजा बरामद गरेकाे हाे । तस्कर भने सशस्त्र प्रहरीलाई देखेपछि गाजा फालेर मोटरसाइकलमा भारत तिर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाजा ठोरी ४ का वडाध्यक्ष मानबहादुर थिङको रोहबरमा इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

कश्मिरकाे आतंकवादी हमलामा मारिएका बुटवलका न्यौपाने परिवार लिएर घुम्न गएका थिए

MadhesKhabar

पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

MadhesKhabar

चुनाव जितेपछि निरन्तर जनताको घरदैलोमा पुगेर समस्या र गुनासा सुन्दै रास्वपा सांसद कानु

MadhesKhabar

Leave a Comment