Madhes Khabar
समाचार

ठाेरीबाट २० केजी गाजा बरामद

मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे ठाेरी स्थित नेपाल भारत सीमा नजिकबाट सशस्त्र प्रहरीले लागु ओैषध गाजा २० केजी बरामद गरेकाे छ ।

विजयवस्ती स्थित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्टबाट खटिएकाे टाेलीले नेपाल भारतको सीमा नजिकबाट २० किलो गाजा बरामद गरेको हाे ।

सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र कुमार बहडखेरको नेतृत्वमा खटिएकाे टाेलीले बुधबार बिहान ८ बजे तस्करले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर लैजादै गरेको गाजा बरामद गरेकाे हाे । तस्कर भने सशस्त्र प्रहरीलाई देखेपछि गाजा फालेर मोटरसाइकलमा भारत तिर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाजा ठोरी ४ का वडाध्यक्ष मानबहादुर थिङको रोहबरमा इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

नक्कली डीएसपी पक्राउ

MadhesKhabar

वीरगन्जका पत्रकार राम सर्राफ राष्ट्रिय फोटो पत्रकारिता अवार्डबाट पुरस्कृत

MadhesKhabar

खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment