Madhes Khabar
समाज

पत्रकार नेहाल खानकाे उपचारका लागि जन सेवा संस्थाले गर्याे आर्थिक सहयाेग

वीरगन्ज, ५ असोज : फोक्सोको रोगबाट ग्रसित भइ नारायणी अस्पतालमा उपचाररत वीरगन्जका पत्रकार नेहाल खानको उपचारका लागि जन सेवा नामक पराेपकारी संस्थाले आर्थिक सहयाेग गरेकाे छ।

जन सेवाका अध्यक्ष एंव सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चाैधरीले शुक्रबार अस्पतालमै पुगेर खानलाई नगद ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।साथै उनले पत्रका खानकाे उपचारका लागि आर्थिक सहयाेग गर्न सबैमा अपिलपनि गरेका छन् ।

 

काेराेना महामारीका बेला काेभिडले संक्रमित भएर निकाे भएका
पत्रकार खानको फाेक्साेमा फेरि समस्या भएपछि अहिले उनकाे वीरगन्जस्थित नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ ।

यसअघि गत बुधबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलेपनि पत्रकार खानलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गरेका थिए।

पत्रकार खानकी पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै छिन् । पतिपत्नी दुवै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै अपिल गरेका छन् ।

Related posts

साहिब दरबारले नारायणी अस्पतालमा बिरामी र कुरुवाहरुलाई बाँड्याे कम्बल

MadhesKhabar

अनैतिक कृयाकलाप गरेको फेला परे पछि भिनाजुले गरे सालोको हत्या

MadhesKhabar

जिपी कोइराला फाउण्डेशनले मानव सेवा आश्रममा खाना खुवायो

MadhesKhabar

Leave a Comment