Madhes Khabar
समाज

वीरगन्ज-१० मा वडा कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा ७५ जनाले गरे रगत दान

वीरगन्ज,१९जेष्ठ:वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा शनिबार आयाेजित रक्तदान कार्यक्रममा ७५ जनाले रगत दान गरेका छन् ।घडिअर्वा स्पाेर्टस् क्लबकाे सहयाेगमा वडा नम्बर १० काे वडा समिति कार्यालयले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ४ महिलासहित ७५ जनाले रगत दान गरेका हुन्।

वडा कार्यालय परिसरमै भएको रक्तदान कार्यक्रममा वडाध्यक्ष सुशील साह कानु, वडा सदस्य सन्ताेष जैसी,वडा सचिव पवन प्रधान,लक्ष्मी शर्मा, सन्ताेषी देवी,इन्दुशाेभा श्रेष्ठ ,रन्जु गिरी, आकाश अधिकारी ,सन्ताेष गुप्ता,लखनलाल साह कानु,सन्ताेष कुमार साह,सुनिल दास लगायतले रगत दान गरेकाे रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ।

यसअघि वडाध्यक्ष कानु आफैंले रगत दान गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गरेका थिए।

वडाध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा घडिअर्वा स्पाेर्टस् क्लबका अध्यक्ष सन्ताेष साह,सचिव सन्ताेष गुप्ता, घडिअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानु लगायतकोपनि उपस्थिति थियाे।

Related posts

बाराको निजगढमा गाडीको ठक्करबाट आचार्यको मृत्यु

MadhesKhabar

गणतन्त्र दिवसको उपलक्ष्यमा पोखरियामा आयाोजित कार्यक्रममा २१ जनाद्वारा रगतदान

MadhesKhabar

पन्नालाल माविमा वडाध्यक्षको पहलमा रुंगटा वेयल फेयरले जडान गरिदियो डीप बोरीङ

MadhesKhabar

Leave a Comment