Madhes Khabar
समाज

पर्साको बडनिहारमा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगत दान

वीरगन्ज,२२भदौं : पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ३ बडनिहारमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ३ को वडा कार्यालयको प्राङ्गणमा गतिशील ब्यापार समिति बडनिहारले आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिलासहित १०२ जनाले रगत दान गरेका छछन् ।

पर्सागढि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र वीरगन्जको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन पर्सागढीका नगरपालिकाका मेयर गोकर्ण पाठकले गरेका थिए ।

रक्तदान कार्यक्रममा उपमेयर पुजा चैधरी , वडाध्यक्ष सुकमान तमाङ्ग , कार्यपालिका सदस्य सीता लामा , स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल ,गतिशील व्यापार समितिका अध्यक्ष टिकाराम पौडेल लगायतकोपनि उपस्थिती रहेको गतिशील व्यापार समितिका सचिव बलिराम कुमार शुक्लाले जानकारी दिए ।

 

Related posts

पर्साको ग्रामीण भेगमा पनि बच्चा चोरको हल्लाले बालबालिका र अभिभाव त्रसीत

MadhesKhabar

पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

MadhesKhabar

शहीद दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

Leave a Comment