Madhes Khabar
समाज

पर्साको बडनिहारमा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगत दान

वीरगन्ज,२२भदौं : पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ३ बडनिहारमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर ३ को वडा कार्यालयको प्राङ्गणमा गतिशील ब्यापार समिति बडनिहारले आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिलासहित १०२ जनाले रगत दान गरेका छछन् ।

पर्सागढि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र वीरगन्जको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन पर्सागढीका नगरपालिकाका मेयर गोकर्ण पाठकले गरेका थिए ।

रक्तदान कार्यक्रममा उपमेयर पुजा चैधरी , वडाध्यक्ष सुकमान तमाङ्ग , कार्यपालिका सदस्य सीता लामा , स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल ,गतिशील व्यापार समितिका अध्यक्ष टिकाराम पौडेल लगायतकोपनि उपस्थिती रहेको गतिशील व्यापार समितिका सचिव बलिराम कुमार शुक्लाले जानकारी दिए ।

 

Related posts

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

त्रिशुली बस दुर्घटना:वीरगन्जका बस चालक जवाहीरको परिवारमा परेको पीडा

MadhesKhabar

ठाकुररामको नवनिर्वाचित स्ववियु टिमले वीरगन्जको मानव सेवा आश्रममा गर्‍यो अवलोकन भ्रमण

MadhesKhabar

Leave a Comment