Madhes Khabar
समाज हेडलाइन

वीरगंज १९ विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडक क्षेत्रको जग्गा छुट्याउने काम सकियो

मधेसखबर
वीरगंज, ४ पुष
वीरगंजको वडा नं. १९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणका लागि जग्गा छुट्याएर चिन्ह लगाउने कार्य सम्पन्न भएको छ । पक्की सडक नहुँदा उक्त क्षेत्रका स्थानीयले वर्षौंदेखि सास्ति भोग्दै आएका छन् ।
आत्मराम पथबाट पश्चिम तर्फ जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम सकिएको वीरगंज महानगरपालिकाले जनाएको हो ।
समा विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको हो ।
विन्दवासिनी टोलमा ६ सय ५० मिटर नाला सहित कालोपत्रे सडक निर्माण हुन लागेको हो ।
प्रदेश सरकारको करिब ११ करोड ४५ लाख रुपैयामा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।
साईट क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बिहीबारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको हो ।
सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्बजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा अमीन सहितको टोली खटेको थियो । वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले जानकारी दिए ।
निर्माण कम्पनीले ठेक्का लिएर साइट क्लियरेन्स नहुँदा निर्माणमा अवरोध हुँदै आएकोमा सडकको काम चाडो टुंगो लगाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएसँगै सार्बजनिक अतिक्रमण नियन्त्रण समिति टोली सहित सडक अतिक्रमण हटाउन विन्दवासिनी पुगेको थियो ।
पोखरेलका अनुसार अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएर बिहीबार पिलर हाल्ने काम सकिएको र भोलि शुक्रबार स्थानीयलाई अतिक्रमण हटाउनका लागि ७ दिने अल्टिमेटम दिने निर्णय गरीएको पोखरेलले जानकारी दिए।

Related posts

तेरापंथ युवक परिषद वीरगन्जको शिविरमा ६५० जनाले गरे रक्तदान

MadhesKhabar

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

MadhesKhabar

वीरगन्जको रामगढवामा ८१ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment