Madhes Khabar
समाज

तेरापंथ युवक परिषद वीरगन्जको शिविरमा ६५० जनाले गरे रक्तदान

वीरगन्ज,२९ भदौं : तेरापंथ युवक परिषदले पर्सा र बारामा एकैसाथ सञ्चालन गरिरहेको बृहत रक्तदान शिविरमा ६ सय ५० पिन्ट(पोका) रगत संकलन भएको छ । भदौं २५ देखि सुरु रक्तदान शिविरमा शनिबारसम्म ६ सय ५० जनाले रगत दान गरेका हुन् ।

शनिबार वीरगन्जमा आयोजित रक्तदान शिविरमा २ सय ११ जनाले रगतदान गरेका छन् ।वीरगन्ज–१० आदर्शनगरस्थित जैन भवनमा शनिबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान शिविरमा महिला र पुरुष गरी २ सय ११ जनाले रगत दान गरेको तेरापंथ युवक परिषदका अध्यक्ष लोकेश जैनले जानकारी दिए ।

यसअघि शुक्रबार वीरगन्जको ड्राइपोर्टमा आयोजित रक्तदान शिविरमा ३५ जनाले , बिहिबार बाराको सिमरास्थित किरण आँखा अस्पतालमा २५ जनाले र नन्दन घ्यू उद्योगमा १ सय ११ जनाले ,बुधबार सिमराको हुलास स्टिल उद्योगमा १ सय ३० जनाले र वीरगन्जको बेलवास्थित हिप्पो स्टिल उद्योगमा ३१ जनाले रक्तदान गरेको अध्यक्ष जैनले जानकारी दिए । शिविरको पहिलो दिन मंगलबार एमबी दुगड ग्रुपमा आयोजित शिविरमा भने १ सय ७ जनाले रक्तदान गरेका थिए ।

आइतबार बाराको नितनपुरस्थित त्रिवेणी ग्रुपमा रक्तदान शिविर आयोजना गरिने जानकारी अध्यक्ष जैनले दिए ।पर्सा र बाराका विभिन्न औद्योगिक प्रतिष्ठान र अस्पतालमा असोज ४ गतेसम्म रक्तदान शिविर आयोजना गरिने उनले बताए । भदौं २५ देखि सुरु भएर असोज ४ गते सकिने बृहत रक्तदान शिविरमा कूल १ हजार ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको उनले सुनाए । संकलित रगत वीरगन्जस्थित नेपाल रेडक्रस सोसाइटी पर्साको रक्त सञ्चार केन्द्रमा जम्मा गरिने जैनले बताए ।परिषदले यसअअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ युनिट रगत संकलन भएको थियो ।

Related posts

पर्साका दलित अभियन्ता मनोज राम प्रधानमन्त्री ओलीबाट काठमाडौंमा सम्मानित

MadhesKhabar

सानो पाइलाद्वारा स्कुल अफ वुमेन्स् इन्टरप्रेनियोरसिपको उद्घाटन

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रम आँफुले सक्दो सहयोग गर्ने पूर्वमन्त्री रिजालको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment